महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष थापा

काठमाडाैं | फागुन २४, २०७९

महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष थापा

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

 

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधित्व गराउन आफूहरू गम्भीर रहेको बताउनुभयो ।

 

नारीहरूको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले नारी दिवसका दिनमात्र महिलाको हकहितसम्बन्धी कुरा गर्दैमा उपलब्धि नहुने विचार व्यक्त गर्नुभयो ।

 

अध्यक्ष थापाले अग्रपङ्क्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पुर्‍याउन राप्रपा नेपाल निरन्तर लागिरहेकाले वडा तहसम्म सङ्गठन विस्तार गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभयो ।

 

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सङ्गठनका उपाध्यक्ष सङ्गीता लाखाजु, काठमाडौँ जिल्ला अध्यक्ष मिरा कार्की महर्जनलगायतले महिला सशक्तीकरणका लागि पार्टीले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्